Logo

फर्किएको खुशी

फर्किएको खुशी

sancharika

विभिन्न तथ्याड्ढले नेपालमा लैङ्गिकतामा आधारित हिंसाको उजुरी बढ्दै गएको देखाउँछ । नेपाल प्रहरीको पछिल्लो १० वर्ष (आ.व. २०६६/०६७ देखि २०७५/०७६ चैतसम्म) को तथ्याड्ढ हेर्दा पनि बलात्कार, बलात्कार प्रयास, घरेलु हिंसा लगायतका अपराधको संख्या बढ्दै गएको देखिन्छ । अघिल्लो आर्थिक वर्ष (आ.व. २०७४/०७५) का ेतुलनामा चालु आर्थिक वर्षको ९ महिनामा १२७ बलात्कारका घटना बढेको प्रहरीको तथ्याड्ढ छ । महिलामाथि हुने घरेलु हिंसा पनि बढेको देखाएको छ । लैङ्गिक हिंसाका उजुरी बढ्नुले ‘हिंसा सहेर बस्ने होइन, समाधानका लागि बाहिर ल्याउने हो’ भन्नेहरुको संख्या बढेको छ भन्नेमा दुईमत रहेन । यसले समाज, परिवारमा असमान लैङ्गिक सम्बन्धले कसरी गाँजेको छ भन्ने प्रष्ट्याउनुका साथै लैङ्गिक हिंसा अन्त्यका लागि हामी सबै सदैव एक हुनुपर्छ भन्ने सन्देश पनि प्रवाहित गर्दछ । सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को परिकल्पना गरिरहेको वर्तमान परिप्रेक्ष्यमा सुखी हुन लैङ्गिक हिंसाको पनि अन्त्य हुन आवश्यक छ । समाजमा विद्यमान लैङ्गिक हिंसा निवारण गर्न जागरणसँग ैपारिवारिक पुनस्र्थापनामा समेत जोड दिएर कामहरु भइरहेका छन् । विभिन्न संघसंस्था मात्र होइन, लैङ्गिक हिंसा न्यूनीकरणमा संघीय सरकार, प्रदेश र स्थानीय सरकारका ेप्रतिबद्धता उत्साहपूर्ण छ । यी सकारात्मक पहलका कारण पीडित व्यक्ति ससम्मान परिवार र समाजमा पुनस्र्थापना भएका छन् । पीडकले कानून अनुसार दण्ड पाएका छन् । स्वीस सरकार विकास सहयोग (एसडीसी) र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए) सँगको सहकार्य तथा सहयोगमा सञ्चारिका समूहले प्रकाशन गरेको यो पुस्तक तिनै सकारात्मक प्रयास र सफल कथाहरुको संग्रह हो । यस पुस्तकमा सिन्धुली, ओखलढुंगा र उदयपुरका उदाहरणीय सफलताका कथा समेटिएका छन् । विभिन्न खाल ेहिंसामा परेर पारिवारिक पुनस्र्थापना भएका, स्थानीय तहका जनप्रतिनिधिले लै िङ्गक असमानता हटाउन गरेको सक्रिय भूमिका यस पुस्तकमा समेटिएको छ । 

Published Year: 2019-01-01
Copyright:sancharika samuha
Language: Nepali